तपाईंको घर वा कार्यस्थल केवल बस्ने वा काम गर्ने ठाउँ मात्र होइन, यो तपाईंको जीवनको ऊर्जा-केन्द्र पनि हो।
वास्तु शास्त्र अनुसार भवनको बनावट, दिशा र वस्तुहरू को सही व्यवस्थापनले घरमा सकारात्मक ऊर्जाको प्रवाह सुनिश्चित गर्छ, जसले परिवारको स्वास्थ्य, समृद्धि र आपसी समझदारी मा प्रभाव पार्छ।
हाम्रो प्रत्यक्ष वास्तु भ्रमण सेवाअन्तर्गत, अनुभवी वास्तु विशेषज्ञ स्वयं तपाईंको घर वा कार्यालयमा गई विस्तृत निरीक्षण गर्नुहुन्छ। यसमा भवनको दिशा-निर्धारण, कोठाहरूको उचित प्रयोग, ढोका-झ्यालको स्थान, मुख्य ढोका, भान्सा, शयनकक्ष, पूजाकोठा लगायत सम्पूर्ण संरचनाको वास्तु-दोष पहिचान गरी व्यावहारिक र सरल समाधान दिनु हुन्छ।
•घर/कार्यालयको प्रत्यक्ष स्थलगत निरीक्षण
•दिशा अनुसार कोठाहरूको विश्लेषण
•वास्तु-दोष पहिचान र सुधारका उपायहरू
•नयाँ निर्माणको लागि नक्सा तथा दिशा परामर्श
•व्यावहारिक र सरल समाधान
तपाईंको घरमा वास्तवमै ध्यान दिनुपर्ने कुरा के हो, के परिवर्तन गर्न आवश्यक छ र के सामान्य रूपमा यथावत् राख्न सकिन्छ—त्यसलाई प्राथमिकताका साथ बुझाइन्छ।
हरेक वास्तु समस्या समाधान गर्न ठूलो निर्माण परिवर्तन आवश्यक हुँदैन। त्यसैले सम्भव भएसम्म सरल, व्यवहारिक र तपाईंको घरको अवस्थाअनुसार गर्न सकिने उपायहरू दिन्छौं।
नयाँ घर बनाउँदा होस् वा पुरानो घरमा सुधार गर्न खोज्दा, वास्तु परामर्शले तपाईंलाई सन्तुलित, स्वस्थ र सकारात्मक वातावरण सिर्जना गर्न सहयोग गर्छ। सही वास्तुले घरमा शान्ति, आर्थिक समृद्धि र पारिवारिक खुशी ल्याउँछ।
मूल्य लोड हुँदैछ...